काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी २० क्रिकेट शृंखलामा नेपाल आठ रनले विजयी भएको छ । योसँगै नेपाल एक खेलअघि नै फाइनल प्रवेश गरेको छ ।
आज सम्पन्न तेस्रो खेलमा नेपाली टोलीले गुजरातलाई १८२ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पछ्याएर मैदानमा पुगेको गुजरातले १७३ रन मात्रै बनाएको हो ।
गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाए । हर्ष देशाईले १६ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे ।
नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको शानदार ब्याटिङ गरेका थिए । नेपालका लागि भुर्तेलले ४४ बलमा ६७ रन बनाए । पहिलो विकेटका रुपमा नेपालले भुर्तेललाई गुमायो । उनले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए ।
यस्तै, आसिफले ५१ बलमा ८५ रन बनाएर आउट भए । उनले पाँच छक्का र १० चौका प्रहार गरे ।
पछिल्लो तीन ओभरमा नेपालले लगातार विकेट गुमाउँदा २० ओभरमा १८१ रन बनाउन सक्यो । कप्तान रोहित पौडेलले सात बलमा जम्मा तीन रन बनाए । सन्दीप जोराले २, कुशल मल्ल १, गुल्सन झा ४, विवेक यादव ७, प्रतिश जिसीले ४ रन बनाउँदा अनिल शाह डकआउट भए ।
बलिङतर्फ आर्य देशाई र दुर्शन्त सोनीले समान २(२ विकेट लिए । जयमित पटेलले सर्वाधिन ३ विकेट लिए ।
राज्य स्तरीय क्लबसँग ‘एसएमएस फ्रेन्ड्सिप कप’ खेल्न गुजरातले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो । नेपालको यो तेस्रो जित हो । नेपालले पहिलो खेलमा गुजरात ८ विकेट र दोस्रो खेलमा बरोडालाई पराजित गरेको थियो ।