कांग्रेस-एमाले मिलेर अघि बढ्नु पर्छ – डा. कोइराला-Sutra News

कांग्रेस-एमाले मिलेर अघि बढ्नु पर्छ – डा. कोइराला

बिहिबार, २२ चैत्र २०८०

बिहिबार, २२ चैत्र २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनैतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन् ।



बिहीबार विराटनगरमा नेता डा. कोइरालाले संविधान ल्याउनका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिए जस्तै मुलुकमा राजनैतिक स्थिरता र अर्थतन्त्र सुधारका लागि पुनः मिलेर अघि बढ्नु पर्ने बताएका हुन् । यसका लागि प्रयास जारी रहेको उनको दाबी थियो ।

वर्तमान निर्वाचन प्रणालीले मुलुकको राजनैतिक स्थिरता नआउने भएकाले निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन आवश्यक रहको उनको भनाइ छ । यस्तै, उनले संघीय सरकार मात्र नभई प्रदेशमा पनि सत्ता परिवर्तन गर्न नहुने जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट