मुद्दा दायर भएको आठ महिनापछि राजेश पायल र साङ्गवुङबीच सम्बन्ध विच्छेद-Sutra News

मुद्दा दायर भएको आठ महिनापछि राजेश पायल र साङ्गवुङबीच सम्बन्ध विच्छेद

बिहिबार, २२ चैत्र २०८०

बिहिबार, २२ चैत्र २०८०

काठमाडौं । गायक राजेश पायल राईले चैत्र १५ गते बिहीबार काठमाडौं जिल्ला अदालतमा श्रीमती साङबुङ राईसँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेका छन् ।



जिल्ला अदालत काठमाडौंका अनुसार उनीहरूले मिलापत्रमा सम्बन्ध विच्छेद गरेका हुन् । अदालतमा गायक राई आफैले डिभोर्सको मुद्दा दायर गरेका थिए ।

सम्बन्ध विच्छेद गर्नका लागि गायक राईले गत साउन २१ गते मुद्दा दायर गरेका थिए । मुद्दा दायर भएको लामो समयपछि उनीहरूले सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन् ।

जिल्ला न्यायाधीश पदमराज पाण्डेयको इजलासमा उनीहरूको सम्बन्ध विच्छेद भएको हो ।

यस क्रममा गायक राईले श्रीमतीलाई झण्डै पाँच करोड रुपैयाँ पर्ने तीन तले घर दिने भएका छन् । नक्सालमा रहेको उक्त घरसहित राईले श्रीमती साङ्गवुङ राईलाई थप नगद दिने सहमति गरेका छन् ।

साथै, थप एक करोड रूपैयाँ र काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि लिने दिने लिखित सहमति भएको बुझिएको छ ।

उनीहरूको दुई वर्षीय छोरा छन् । छोराको सबै पालन पोषणसहित शिक्षाको जिम्मेवारी गायक राईले लिने भएका छन् । उनीहरुले छोरा जन्मिएपछि विं।सं। २०७८ असोजमा बिहे दर्ता गरेका थिए ।

आफूभन्दा २६ वर्ष कान्छी साङ्गवुङसँग दुई वर्षसम्म राजेश पायलको गोप्य अफेयर चलेको थियो । उनीहरूको भेट हुँदा राजेशपायल ४० काटिसकेका थिए । साङ्गवुङ उमेरले नाबालिग नै थिइन् ।

फ्यानको रूपमा नजिकिएकी साङ्गवुङलाई राजेश पायलले पछि प्रेमिका बनाए । उनीहरूबीच छोरा जन्मिएपछि श्रीमतीका रुपमा घरमै ल्याएर राखेका थिए । तर विवाह भएको थिएन । बच्चा जन्मिएपछि उनीहरूको विवाद दर्ता भएको थियो ।

गायक राजेश पायलले गरे ‘डिभोर्स’, दिए घर-घडेरी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट