‘पुजार सार्की’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा-Sutra News

‘पुजार सार्की’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

शुक्रबार, २३ चैत्र २०८०

शुक्रबार, २३ चैत्र २०८०

काठमाडौं । फिल्म ‘पुजार सार्की’को दुई पोस्टर सार्वजनिक गदै प्रदर्शन मिति घोषणा गरिएको छ ।



दिनेश राउत निर्देशित यो फिल्म आगामी वर्ष २०८१ जेठ १० गते बुद्ध जयन्तीको अवसर पारेर नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ रिलिज गरिने निर्माण पक्षले घोषणा गरेको छ ।

सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई स्थान दिइएको छ । जसमा उनीहरुको फरक-फरक लुक्स देख्न सकिन्छ ।

यो फिल्म जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको निर्देशक राउतले बताएका छन्।

विकास सुवेदीको लेखन रहेको फिल्ममा आर्यन, प्रदीप र पलसँगै अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बुको पनि प्रमुख भूमिकामा रहेको छ । सार्वजनिक पोस्टरमा अभिनेत्रीहरूलाई प्रस्तुत गरिएको छैन ।

यस्तै, फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेको हुन् । फिल्ममा निर्माता भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको फिल्ममा हिमाल केसीले द्वन्द्व निर्देशन, सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउण्ड डिजाइन, शैलेश श्रेष्ठको ब्याकराउण्ड स्कोर, आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ ।

यस फिल्मलाई आरआर फिल्मसले वितरण गर्दै छ ।

यता, जेठ १० गते नेपाली बक्स अफिसमा त्रिपक्षीय भिडन्त हुने भएको छ । यो मितिमा अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’, अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘दान्भी’ पनि प्रदर्शन हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट