काठमाडाैं । झडपकाे घटनापछि सुनसरीका दुई गाउँपालिका निषेधाज्ञा जारी गरिएको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै शुक्रबार मध्याह्न १२ बजेदेखि लागु हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकाे हाे ।
जिल्ला प्रशासन कार्यालयले हरिनगर गाउँपालिका र देवानजंग गाउँपालिका निषेधाज्ञा जारी गरेकाे हाे ।
बिहीबार हरिनगर गाउँपालिका-१ स्थित बालकृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीमाथि कुटपिट भएको थियो। विद्यार्थीमाथि कुटपिट भएकाे घटनालाई लिएर झडपकाे अवस्था बनेपछि निषेधाज्ञा जारी गरिएकाे हाे ।
दुई समूहबीच भएकाे झडपकाे घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको थियाे भने ११ राउण्ड अश्रुग्याँस पनि प्रहार गरेको थियाे ।
प्रहरीले जनाएअनुसार दुई पक्षबीचको झडपमा चार जना घाइते भएका छन् ।