सुदूरपश्चिममा बहुमतको सरकार बनाउन नाै दिनकाे समय-Sutra News

सुदूरपश्चिममा बहुमतको सरकार बनाउन नाै दिनकाे समय

शुक्रबार, २३ चैत्र २०८०

शुक्रबार, २३ चैत्र २०८०

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुरूपको सरकार गठको आह्वान गरेका हुन् ।



जसअनुसार दुई वा दुईभन्दा बढी दलको बहुम जुटाएर सरकार बनाउन आह्वान भएको छ ।

उनले दलहरूलाई ९ दिनको समय दिएका छन् । दलहरूले वैशाख २ बेलुकी ५ बजेभित्र दाबी पेश गर्नुपर्नेछ ।

यसअघि संविधानको धारा १६८ (३) बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नियुक्त कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएकाले बहुमत नपुग्ने अवस्था भएपछि बिहीबार राजीनामा दिएका थिए ।

संविधानको धारा १६८ (५) अनुरूपको सरकार निर्माणमा जाँदा मध्यावधिको जोखिम हुने देखेपछि प्रदेश प्रमुख मियाँले उपधारा २ अनुरूपको सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट