‘गोट लाइफ’को बक्स अफिसमा गर्जन, विश्वव्यापी रूपमा सबैभन्दा छिटो १०० करोड कमाउने मलयालम फिल्म बन्यो-Sutra News

‘गोट लाइफ’को बक्स अफिसमा गर्जन, विश्वव्यापी रूपमा सबैभन्दा छिटो १०० करोड कमाउने मलयालम फिल्म बन्यो

शनिबार, २४ चैत्र २०८०

शनिबार, २४ चैत्र २०८०

काठमाडाैं । साउथ अभिनेता पृथ्वीराज सुकुमारनको हालै प्रदर्शनमा आएको फिल्म ‘आदुजीवितम – द गोट लाइफ’लाई दर्शकले निकै रुचाइरहेका छन् । ‘द गोट लाइफ’ ले मोलिउड बक्स अफिसको रेकर्ड तोडी रहेको छ । मूल संस्करणले समीक्षकहरूबाट सकारात्मक समीक्षा प्राप्त गरेसँगै यो मलयालम फिल्मले विश्वभर मे महिनामै 65 करोड भन्दा बढी कमाईको साथ पहिलो साताको सबैभन्दा धरै कमाई गर्ने रेकर्ड कायम गरेको छ ।



फिल्म ‘द गोट लाइफ’ले अर्को इतिहास समेत रचेको छ । यो सबैभन्दा छिटो १०० करोड कमाउने मलयालम फिल्म बनेको छ ।

ब्लेसीद्वारा निर्देशित सर्वाइवल ड्रामा फिल्मले आफ्नो पहिलो हप्तामा बक्स अफिसमा राम्रो प्रदर्शन गर्‍यो र घरेलु बक्स अफिसमा करिब ५० करोड कलेक्सन गर्‍यो। यो पृथ्वीराजको १०० करोड कमाउने पहिलो फिल्म हो ।

‘प्रेमालु’ र ‘मन्जुम्मेल ब्वाईज’ पछि यो रेकर्ड हासिल गर्ने यो तेस्रो मलयालम फिल्म हो। समग्रमा, ‘पुली मुरुगन’, ‘लुसिफर’, ‘२०१८’, ‘प्रेमालु’ र ‘मजुमेल ब्वाईज’ पछि १०० करोड कमाउने यो छैटौं मलयालम फिल्म हो। अब ‘द गोट लाइफ’ ले नयाँ हिट फिल्म ‘मन्जुम्मेल ब्वाईज’को आँकडा पार गर्न सक्छ कि सक्दैन त्यो हेर्न बाँकी छ ।

निर्देशक तथा अभिनेता पृथ्वीराज सुकुमारनले ‘द गोट लाइफ’ को सफलताको उत्सव मनाइरहेका छन् । सुकुमारनले एक पोस्ट सेयर गर्दै यो फिल्मले विश्वव्यापी रूपमा १०० करोड कमाएको घोषणा गरेका छन् । उनले क्याप्शनमा लेखेका छन्, ‘१०० करोड र ग्लोबल बक्स अफिसमा। यो अभूतपूर्व सफलताको लागि धन्यवाद।’

अहिलेसम्म बनेको सबैभन्दा ठूलो सर्भाइभल एडभेन्चर फिल्म विश्वभर १७२० भन्दा बढी स्क्रिनमा उत्कृष्ट प्रदर्शनको साथ ब्लकबस्टर हिट घोषित भएको छ। ठूलो उपलब्धि हासिल गर्दै ‘द गोट लाइफ’ ले रिलिज भएको नौ दिनमै विश्वव्यापी बक्स अफिसमा १०० करोडको आँकडा पार गरेको छ ।

फिल्मको बारेमा कुरा गर्दा ‘द गोट लाइफ’ मलयालम साहित्यिक संसारको सबैभन्दा लोकप्रिय बेस्टसेलर उपन्यास ‘आदुजीविथम’ मा आधारित छ । जुन विदेशी सहित १२ विभिन्न भाषाहरूमा अनुवाद गरिएको छ। प्रसिद्ध लेखक बेन्जामिन द्वारा लेखिएको यो एक जवान मानिस नजीबको जीवनको सत्य कथा हो । जो ९० को दशकको प्रारम्भमा केरलाको हरियाली किनारबाट विदेशमा भाग्यको खोजीमा भाग्छन्।

भिजुअल रोमान्सले निर्माण गरेको ‘द गोट लाइफ’मा सुकुमारनसँगै हलिउड कलाकार जिम्मी जीन लुइस, अमला पल र केआर गोकुल, तालिब अल बालुशी र रिक अबे पनि महत्वपूर्ण भूमिकामा छन् । फिल्मको संगीत निर्देशन एआर रहमानले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट