काठमाडौं । अगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि इलाम २ बाट चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन आधिकृतको कार्यालयका अनुसार चार जनाले उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, स्वतन्त्रबाट डाकप्रसाद गौतम, मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवार र जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले मनोनयन दर्ता गराएका हुन् ।
अन्य दलका तर्फबाट पनि उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने क्रम जारी छ ।