‘मनसरा’को डायस्पोरामा प्रदर्शन पक्का, सेभेन सिजले किन्यो अधिकार-Sutra News

‘मनसरा’को डायस्पोरामा प्रदर्शन पक्का, सेभेन सिजले किन्यो अधिकार

शनिबार, २४ चैत्र २०८०

शनिबार, २४ चैत्र २०८०

काठमाडौं । ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको आगामी फिल्म ‘मनसरा’ डायस्पोरामा पनि प्रदर्शन हुने भएको छ । यस फिल्मको अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार विक्री भएको हो।



वैशाख २१ गतेबाट फिल्मको वितरण अधिकार नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार खरिद गरेको छ। ‘मनसरा’ निर्माण पक्ष र सेभेन सिजबीच कागजी सम्झौता भएको हो।

सम्झौता पत्रमा ‘मनसरा’बाट उपेन्द्र र निर्माता शैलेन्द्र ध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले वितरणसम्बन्धी हस्ताक्षर गरेका हुन्। म्झौता भएसँगै सेभेन सिजले फिल्मलाई अष्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा वितरण गर्नेछ।

फिल्मले विवाहिता लिम्बुनीको विवाहित छिमेकी बाहुन बाजेसँगको सम्बन्धलाई कथा बनाएको फिल्ममा दयाहाङ राई, निरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानको प्रमुख भूमिका रहेको छ।

फिल्ममा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

फस्ट लुक सार्वजनिक भएपछि धेरैको ध्यान तान्न सुरु गरेको फिल्मले टिजर रिलिजपछि आफ्नो चर्चालाई झनै बढाउँदै लगेको छ। फिल्मको सार्वजनिक टिजरले साधारण कथालाई रोचक बुनाइबाट पेस गर्ने देखाएको छ। फिल्मका सह-निर्माता विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ हुन् ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहने छन् ।

सबैको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ फिल्मबाट तारिफ बटुलेका सुब्बाको यो फिल्म रिलिज मिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने सहज अनुमान गर्नसकिन्छ । ‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो । पछिल्लो समय सिनेमाको पर्दामा सर्वाधिक रुचाइएको जोडीमा दया-मिरुना पर्छन् ।

‘मनसरा’को वितरण जिम्मा एप्पल इन्टरटेन्मेन्ट कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट