काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ मा नेकपा एमालेसहित गठबन्धनका उम्मेदवार सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । उनी बाजासहित दुबोको माला लगाएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
सुहाङ सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले साथ दिने भएको छ । यसका लागि माओवादीले आफ्नो उम्मेदवारका लागि सिफारिस भएका धिरेन्द्र शर्मालाई पछि हटाएको थियो ।
इलाम २ मा यसअघि उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, स्वतन्त्रबाट डाकप्रसाद गौतम, मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवार र जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले मनोनयन दर्ता गराइसकेका छन् ।