काठमाडौं । आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ ।
एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङले उम्मेदवारी दर्ता गराएका हुन् । अहिलेसम्म सुहाङसहित सात जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेतलगायत नेता उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।