दक्षिण कोरियाको भ्रमण गर्दै प्रधानमन्त्री, दुई देशको सम्बन्ध सुधार गर्ने अठोट-Sutra News

दक्षिण कोरियाको भ्रमण गर्दै प्रधानमन्त्री, दुई देशको सम्बन्ध सुधार गर्ने अठोट

शनिबार, २४ चैत्र २०८०

शनिबार, २४ चैत्र २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिण कोरियाको भ्रमण गर्ने तयारी गरेका छन् ।



प्रधानमन्त्री निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाइ गर्दै राष्ट्र संघको अधिवेशनमा कोरिया जाने बताएका हुन् ।

यस क्रममा कोरियाका राष्ट्रपति योन सुक योलसँग दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई विस्तार गर्ने कुरामा छलफल भएको बताए । सोही समयमा कोरियका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको बताउँदै उनले निमन्त्रणालाई स्वीकार गरेर जाने तयारीमा रहेको बताए ।

उनले दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा संयुक्त आरोहणले नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ बनाउने र पर्यटन विकासमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी टिम शनिबार जुगल हिमालतर्फ गएको नेपाल पर्वतारोहण संघले जनाएको छ । सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट