सत्तारुढ तीन दलसहित दर्जन उम्मेदवारको मनोनय दर्ता सकियो-Sutra News

सत्तारुढ तीन दलसहित दर्जन उम्मेदवारको मनोनय दर्ता सकियो

शनिबार, २४ चैत्र २०८०

शनिबार, २४ चैत्र २०८०

काठमाडौं । आगामी वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।



शनिबार बिहान ११ बजेदेखि दर्ता प्रक्रिया सुरू भएको थियो । निर्वाचनका लागि १३ जनाको उम्मेदवारी परेको र केही स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गर्न बसेको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले बताए ।

हालसम्म सत्तारुढ दलहरूबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएको छ । यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेपाल मजदुर किसान पार्टीलगायतबाट पनि उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचनका लागि एमालेबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, रास्वपाबाट मिलन लिम्बु, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मङ्गोल नेश्नल अर्गनाइजेशनका मनेबहादुर लिम्बूले मनोनयन दर्ता गराएका हुन् ।

यस्तै, स्वतन्त्र उम्मेदवारहरू डकेन्द्रसिं लिम्बू र डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको प्रक्रिया साँझ साढे ५ बजेसम्म हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट