काठमाडौं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ १ को प्रदेशसभा (१)का लागि १२ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचनका लागि नेपाली कांग्रेसबाट अभिषेक बहादुर सिंह, नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जनता समाजवादी पार्टीबाट रामबहादुर जाग्रीको उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट जनक बहादुर बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछाने रहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्टले उम्मेदवारी दर्ता गराउँदा नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर कुमार खड्काले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतले जनाएको छ ।
बझाङमा सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दिएको छैन ।
उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध भोलि उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ ।