नेपाल ‘ए’लाई आयरल्याण्ड ‘एले दियो २८५ रनको लक्ष्य-Sutra News

नेपाल ‘ए’लाई आयरल्याण्ड ‘एले दियो २८५ रनको लक्ष्य

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी अन्तिम एक दिवसीय खेलमा आयरल्याण्ड ‘ए’ले नेपालको ‘ए’लाई २८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८४ रन बनाएको हो ।



आयरल्याण्डका लागि ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीले उत्कृष्ट शतकीय पारी खेले । उनले १०७ रन बनाए । यस क्रममा उनले १२९ बलको सामना गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका पिटरले केवल २५ बलको सामना गरी पाँच छक्का र दुई चौकाको साथमा ४४ रन बनाए । मोर्गन टपिङले २१ रन जोडे । गाभिन होएले १४ रन बनाए ।

नेपाली टोलीका बलर रञ्जित कुमारले तीन विकेट लिए । रिजन ढकालले पनि तीन विकेट हात पारे । साहब आलम र विकास अग्रीले एक–एक विकेट लिए ।

तीन खेलको एक दिवसीय शृंखलामा यसअघि आयरल्याण्डले दुई खेले जित्दै उपाधि रक्षा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट