‘रामायण’मा रणवीर कपुरको पारिश्रमिक २२५ करोड ! अरूलाई कति ?-Sutra News

‘रामायण’मा रणवीर कपुरको पारिश्रमिक २२५ करोड ! अरूलाई कति ?

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । नितेश तिवारीको फिल्म ‘रामायण’ यतिबेला चर्चामा छ। यो फिल्मको छायांकन मुम्बईमा सुरु भइरहेको छ । जहाँ अयोध्याको विशाल सेट बनाइएको छ। तिवारीले यस अघि दंगल, छिछोरे जस्ता हिट फिल्म निर्देशन गरेका हुन् ।



फिल्मको कलाकारहरुको सेट र लुक्ससँग सम्बन्धित तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । लारा दत्त, अरुण गोभिल र शीबा चड्डा जस्ता कलाकारहरू सेटमा पूरा पोशाकमा देखिएका छन्। यस फिल्मलाई बलिउड अभिनेता रणवीर कपूरको करियरकै सबैभन्दा ठूलो फिल्म भनिएको छ । यसका लागि उनले राम्रै पारिश्रमिक पनि लिएका छन् ।

निर्देशक तिवारीले ‘रामायण’लाई तीन भागमा बनाउन लागेको भारतीय सञ्चारमाध्यममा खबर छ । कोइ मोइ डटकमको रिपोर्ट अनुसार रणवीर कपुरले ‘रामायण’ को एक फिल्मका लागि करिब ७५ करोड भारु लिइरहेका छन् । अर्थात् उनलाई तीन भागका लागि करिब २२५ करोड रुपैयाँ दिइनेछ । जहाँ सीताको भूमिका निभाउन लागेकी साई पल्लवीलाई एउटा भागका लागि ६-८ करोड मात्रै दिइएको छ ।

फिल्ममा केजीएफ स्टार यशले ‘रावण’को भूमिका निर्वाह गर्ने बताइएको छ । उनले एउटा फिल्मका लागि करिब ५० करोड भारु लिनेछन् । केही दिनअघि यश ‘रामायण’ को दोस्रो र तेस्रो किस्तामा मात्रै देखिने खबर पनि आएको थियो । जसका लागि उनलाई कुल १०० करोड रुपैयाँ दिइने छ । केजीएफ र ‘ब्रह्मास्त्र’ पछि यश र रणवीर कपुरको लोकप्रियता निकै बढेको छ ।

हालै सामाजिक सञ्जालमा अरु केही तस्विरहरु बाहिर आएका छन् । अरु तस्बिरहरु सेयर भए पनि केहि समय पछि डिलिट भयो । फिल्मसँग सम्बन्धित कुनै फुटेज वा कलाकारको लुक्स पहिल्यै सार्वजनिक होस् भन्ने निर्माताले नचाहने विश्वास गरिएको छ । त्यसैले सेटबाट कुनै पनि तस्विर लीक नहोस् भन्ने कुरामा विशेष ध्यान दिइएको छ । तर, यति कडा सुरक्षाका बाबजुद पनि सेटबाट केही भिडियो र तस्विरहरु बाहिरिएका छन् ।

यसको आधिकारिक घोषणा यही रामनवमीमा गरिने बताइएको छ । मिडिया रिपोर्टमा यो ठूलो बजेटको मल्टीस्टारर फिल्म हुने दाबी गरिएको छ । जसमा बलिउडसँगै साउथका स्टारहरु रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट