गण्डकीमा एमालेबाट मुख्यमन्त्री नियुक्ति, आजै शपथ लिने तयारी-Sutra News

गण्डकीमा एमालेबाट मुख्यमन्त्री नियुक्ति, आजै शपथ लिने तयारी

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मुख्मन्त्रीमा नियुक्त गरेका हुन् ।



अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । अधिकारी एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

अधिकारीले एमालेबाट २२, नेकपा माओवादी केन्द्रबाट सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जना सांसदको समर्थनसहित पत्र पेश गरेका थिए । उनको पत्रका आधारमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्रीले साढे तीन बजे प्रदेश प्रमुख कार्यलयमा शपथ लिने भएका छन् । यता नेपाली कांग्रेसका नेताहरू अधिकारीको मुख्यमन्त्रीको दाबी असंवैधानिक भएको भन्दै प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट