भ्रष्टाचार गरेको अभियोगमा इञ्जिनियरविरुद्ध मुद्दा दायर-Sutra News

भ्रष्टाचार गरेको अभियोगमा इञ्जिनियरविरुद्ध मुद्दा दायर

आइतबार, २५ चैत्र २०८०

आइतबार, २५ चैत्र २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ ।



आयोगका अनुसार भट्टराईले घुसवापत भक्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग ८० लाख घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको छ ।

आयोगले प्रमुख इञ्जिनियर सरोजले आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आरोप लगाएको छ । आयोगले छोरा सरोज र आमा जनकनन्दनी भट्टराई दुवैलाई आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आरोपी दुवैलाई बिगो बमोजिम कारबाहीको माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट