काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षको विषयमा विपक्षी निर्वाचन आयोगको नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । योसँगै सर्वोच्चले दुर्व पक्षलाई छलफल गर्न बोलाएको छ ।
हत्या अभियोगमा अदालतबाट दोषी ठहर भएको उल्लेख गर्दै आयोगले चौधरीलाई अध्यक्षको मान्यता दिन अस्वीकार गरेको थियो । त्यसपछि चौधरी सर्वोच्च पुगेका थिए ।
चौधरी गत पुसमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट अध्यक्षमा निर्विरोध भएका थिए । तर, आयोगले चौधरीलाई अध्यक्षको मान्यता दिन अस्वीकार गर्दे रञ्जिता श्रेष्ठलाई अध्यक्षको मान्यता दिएको थियो ।
पार्टीको महाधिवेशनबाट अध्यक्ष बनेका व्यक्तिलाई आयोगले अध्यक्ष पद खारेज गरेको भन्दै चौधरीले रिट दर्ता गरेका थिए ।