भिक्षुमाथि लात्ती मुक्का हान्ने प्रहरीलाई कारबाही हुने-Sutra News

भिक्षुमाथि लात्ती मुक्का हान्ने प्रहरीलाई कारबाही हुने

सोमबार, २६ चैत्र २०८०

सोमबार, २६ चैत्र २०८०

काठमाडौं । गत शनिबार काठमाडौंको भद्रकालीमा राजेन्द्र महतोको नेतृत्वमा प्रदर्शन भयो । प्रदर्शनमा प्रहरीले बौद्ध भिक्षुमाथि लात्ती-मुक्का हाने ।



उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो । भिडिओ सार्वजनिक भएसँगै भिक्षुमाथि लात्ती र मुक्का हान्ने प्रहरीलाई विभागीय कारबाही सुरु भएको छ ।

प्रहरीले एक सूचना जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको क्रममा रहेको जनाएको हो । महतो नेतृत्वको समूहले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगा मुढा गरेको थियो । त्यसपछि भिड नियन्त्रणमा खटिएको प्रहरीले प्रदर्शनकारीलाई लखेटेका थिए ।

प्रहरीले प्रदर्शनकारीलाई लखेट्ने क्रममा भिक्षुको भेषमा रहेका दुई जनालाई प्रहरीले लात्ती र मुक्का प्रहार गरेका थिए । भिक्षुको भेषमा रहेकालाई दुर्व्यवहार र कुटपिटमा संलग्न प्रहरीमाथि विभागीय कारबाहीमा गरिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट