काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका ३ भवानिपुरको बङ्गलवास्थित पूरै दलित बस्तीमा आगलागी भएको छ ।
सोमबार बिहान ११ बजे आगलागी हुँदा ११ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट ११ जनाको फुसको घर जल्दा लाखौँको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागीबाट ६ घर पूर्ण रुपमा क्षति पुगेको छ । पाँच घर आंशिक क्षति भएको ।
आगो नियन्त्रणमा लिन जनपद र सशस्त्र प्रहरी, स्थानीयवासी तथा हरिवन र मलंगवा नगरपालिकाका दुई वटा वारुण यन्त्र परिचालन भएको थियो ।