अर्थतन्त्र मन्दिमा रहेको बेला शेयर बजार चलायमान हुन सक्दैन । शेयर बजार सुस्ताएको छ । नेप्से २००० अंकको आसपास हुनु भनेको तल्लो बिन्दु नै हो । बजारमा शेयर किन्ने मानिसहरू कम छन् । यस्को अर्थ मागभन्दा पूर्ति बढी छ । नेप्से ३२०० अंक आसपास हुँदा किन्न हौसिनेहरू अहिले हराएका छन् । शेयर बजारमा नाफा कमाउने र डुब्ने दुवै सम्भावना बराबर रहन्छ । तर, साना लगानीकर्ता जहिले पनि उच्च जोखिममा हुन्छन् । उनीहरू व्यावसायिक हुँदैनन् । जब बजार तेज हुन्छ, तब बजार प्रवेश गर्छन् । शेयरमा खुब नाफा हुन्छ भन्ने हल्लाका भरमा किन्छन् । दैनिक किनबेच गर्ने क्षमता हुँदैन ।
समयअनुसार घाटा खाएर पनि बेच्नु पर्छ भन्ने ज्ञान हुँदैन । बढ्दा पनि अझै माथि जान्छ अनि बेचौला भनेर कुर्ने गर्छन् । बजार घट्दा पनि हत्तपत्त बेच्न मान्दैनन् । पुरानो लगानीको हिसाब गर्छन् । यसको अर्थ यो होइन कि साना मात्र डुब्छन्; ठूला डुब्दैनन् । ठूला लगानीकर्ता पनि डुब्छन् । अनुपातिक हिसाब गर्ने हो भने गुमाउनेहरूमा साना लगानी कर्ता बढी हुन्छन् ।
शेयर बजारमा नाफा कमाउने र डुब्ने दुवै सम्भावना बराबर रहन्छ । तर, साना लगानीकर्ता जहिले पनि उच्च जोखिममा हुन्छन् । उनीहरू व्यावसायिक हुँदैनन् । जब बजार तेज हुन्छ, तब बजार प्रवेश गर्छन् ।
शेयर बजार अनुत्पादक लगानी नै हो । अरुको उत्पादनलाई लिएर त्यसमाथि लगानी गर्ने दुनियाकै प्रचलन हो । कम्पनीले राम्रो प्रतिफल दिँदै गर्दा त्यसअनुरूपको लाभांश पाउन लगानी गरिन्छ । तर, कतिपय कम्पनीले प्रतिफल नदिरहँदा त्यसमाथि लगानी गर्नु बालुवामा पानी हाले सरह हो । शेयरमा गरिने लगानीअनुसारको प्रतिफल नेपालका एक/दुई बाहेक अरु कम्पनीले दिएकै छैनन् । त्यसैले शेयर बजारमा कोही न कोही डुब्ने नै हो । कसैलाई न कसैलाई डुबाउने नै हो । नेपालमा चाहिँ साना लगानी कर्ता डुब्ने नै हो ।
फलानो अर्थमन्त्री बने शेयर बढ्छ वा फलानोको सरकार बने घट्छ भन्ने हौवा फिजाउनेहरू बजारमा प्रशस्त हुन्छन् । सामान्यतयाः बजारमा पैसाको उपलब्धता, लगानीकर्ताको मनोविज्ञान, सरकार र राष्ट्र बैकको नीतिले शेयर बजार घटबढ हुने हो । अहिलेको अवस्थामा शेयर बजार ह्वात्तै बढ्ने देखिँदैन । यो चाहिँ सत्य हो ।
शेयरमा गरिने लगानीअनुसारको प्रतिफल नेपालका एक/दुई बाहेक अरु कम्पनीले दिएकै छैनन् । त्यसैले शेयर बजारमा कोही न कोही डुब्ने नै हो । कसैलाई न कसैलाई डुबाउने नै हो ।
कुनै बेला सामाजिक सञ्जालमा एउटा व्यंग्यात्मक पोष्ट चर्चामा थियो । “घरबेटिसँग शेयरको कुरा गरेको थिए; केही महिनापछि दुबै जना भाडाको घरमा बस्यौं ।” यसले शेयर बजारको उच्च जोखिम संकेत गर्छ । प्राथमिक शेयरमा खासै जोखिम नभएता पनि दोस्रो बजारमा भने जोखिम छ । त्यसैले दोस्रो बजारमा प्रवेश गर्दा धेरै कुरा बुझेर प्रवेश गर्नुपर्छ । साना लगानीकर्ता बिना सुझबुझ हल्लाको भरमा प्रवेश गर्ने हुँदा डुब्ने पनि तिनीहरू नै हुन् । शेयर बजार जुवा जस्तै बनेको छ । तर, शेयर बजार र जुवा फरक हो ।
नेपालको समग्र आर्थिक सूचांक, विश्व अर्थतन्त्र, रोजगारीको अवस्था, कृषि उत्पादन, विश्वका ठूला अर्थतन्त्रमा संकुचन, रसिया–युक्रेन, इजरायल–प्यालेस्टाइन युद्ध जस्ता पक्षले दुनियाँका अर्थतन्त्रलाई नकारात्मक असर पारिरहेको छ । नेपालको आयातमुखी अर्थतन्त्र, विदेशीहरूले दिने ऋण तथा अनुदानमा कटौती, पर्यटन व्यवसायमा भने जस्तो चलायमान नहुनु, राजस्वले साधारण खर्च धान्न कठिन हुनु जस्ता अवस्थाले शेयर बजार बढ्न दिँदैन । सबैभन्दा महत्वपूर्ण कुरा लगानीकर्ताको मनोविज्ञान हो । अहिले लगानीकर्ताको मनोविज्ञान बलियो छैन । त्यो गिरेको छ । त्यसैले बजार सुस्ताउनु स्वभाविक हो ।
सबैभन्दा महत्वपूर्ण कुरा लगानीकर्ताको मनोविज्ञान हो । अहिले लगानीकर्ताको मनोविज्ञान बलियो छैन । त्यो गिरेको छ । त्यसैले बजार सुस्ताउनु स्वभाविक हो ।
यो अवस्थामा लगानी गरे पनि जोखिम छैन । यो १७०० को बिन्दुभन्दा तल झर्दैन भन्ने बलियो मनोविज्ञान छ । अर्कोतिर ह्वात्तै बढेर नाफा लिने सम्भावना पनि न्यून छ । अर्थतन्त्रको यो अवस्थालाई मध्यनजर गर्दा १८०० देखि २२०० को वरिपरि लामै समय नेप्से रहने देखिएको हुँदा सावधानीपूर्वक कारोबार गर्न उचित हुन्छ ।
(दाहाल, त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन् ।)