आकाश श्रेष्ठको हातमा छैन फिल्म, समर्थकनै भन्छन्- छाया समेत देख्न गाह्रो भयो !-Sutra News

आकाश श्रेष्ठको हातमा छैन फिल्म, समर्थकनै भन्छन्- छाया समेत देख्न गाह्रो भयो !

मंगलबार, २७ चैत्र २०८०

मंगलबार, २७ चैत्र २०८०

काठमाडौं । नायक आकाश श्रेष्ठको यो वर्षको भदौमा ‘हिँड्दा हिँड्दै’ फिल्म प्रदर्शन भयो । यो फिल्म प्रदर्शन भए यता आकाशले कुनै पनि फिल्म साइन गरेका छैनन् । आकाशसँग यो विषयमा सोध्ने हो भने, आफूले चाडै नै धमाकेदार प्रोजेक्टको साथमा दर्शकमाझ आउने जवाफ दिन्छन् । तर, आकाशले आफ्ना फ्यानलाई यसरी पर्खाएको लामै समय भइसकेको छ ।



आकाशले २०७९ दुई वटा फिल्म असफल भएपछि सुस्ताएको उनको करिअर यो वर्ष रिलिज भएको ‘हिँड्दा हिँड्दै’ले अझै कमजोर बनाइदियो । बक्स अफिसमा यो फिल्म असफल भएपछि उनको हातमा फिल्म नै छैन । जो कोहीले उनलाई कुनै पनि नयाँ प्रोजेक्टको प्रस्ताव समेत दिएका छैनन् । यो कुराले आकाशको तत्कालै नयाँ फिल्म नआउनेमा बुझ्न गाह्रो पर्दैन ।

फिल्ममा नदेखिए पनि आकाश म्युजिक भिडियोमा भने फाट्टफुट्ट काम गरिरहेका छन् । उनले म्युजिक भिडियोमा भने राम्रै पारिश्रमिक लिइरहेका छन् । आकाशले ८० हजारदेखि १ लाखसम्मको पारिश्रमिक लिने गरेको बुझिएको छ ।

उसो त, कुनै समय नेपाली फिल्म क्षेत्रको चर्चामा रहिरहेका यी हिरो अहिले भने हराए जस्तै छन् ।  नेपाली फिल्म क्षेत्रमा आकाशको लुक्सको सर्वाधिक धेरै चर्चा हुने गरेको छ । तर, लुक्सले मात्र पनि फिल्म पाइने होइन रहेछ । आकाश जस्तै लुक्स राम्रा भएका केही नायकहरूले फिल्म नपाएर बाटो मोड्नु परेको उदाहरण यही क्षेत्रमा भेटिन्छ ।

आकाशको लुक्सको जति चर्चा भए पनि दर्शकमाझ फिल्मी पर्दामा आउन उनलाई गाह्रो भइरहेको छ । अब उनले नयाँ फिल्म कहिले साइन गर्ने हुन्, त्यो उनी स्वयमलाई प्रतीक्षा रहेको छ होला ! यसरी फिल्म नपाउँदा आकाशलाई त असहज भएकै छ, उनका फ्यानलाई पनि गाह्रो भइरहेको छ । आकाशको हात शून्य हुँदै जाँदा कुनै समयमा उनका समर्थकलाई उनको छाया समेत देख्न गाह्रो पो होला की ?

हातमा कुनै फिल्म नभएको समयमा आकाश आफ्नी प्रेमीका करुणा श्रेष्ठसँग समय बिताइरहेका छन् । उनीहरु थाइल्याण्ड घुमघाममा रहेको हल्ला छ । करुणा र आकाशका सामाजिक सञ्जाल हेर्ने हो भने एकसाथ तस्विर सार्वजनिक नगरेपनि उनीहरुले छुट्टाछुट्ट तस्विर सार्वजनिक गरिरहेका छन् ।

फिल्म क्षेत्रमा आकाश र करुणाबीचको प्रेम चर्चा पनि लामो समयदेखि चल्दै आइरहेको छ । यी दुईले सार्वजनिक रूपमा प्रेम सम्बन्ध स्वीकार गरेका छैनन् । तर, यी दुई एकसाथ विदेश यात्रा देखि एकले अर्कोलाई म्युजिक भिडियोमा सिफारिस गर्ने गरेको समेत चर्चा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट