काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । सोमबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यस्तै, पार्टीका नेता इन्द्र आङ्बोले सरकारबाट बाहिरिने निर्णय गरेको बताए । उनका अनुसार माओवादी केन्द्रबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिँदै छन् ।
कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री छन् । यहाँ नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन् ।