काठमाडौं । हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोही गन्तव्यतर्फ लागेका छन् ।
सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही त्यसतर्फ लागेका हुन् ।
पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न १६ हिमाल आरोहणका लागि ३६ आरोही समूहका ७४ महिला र २६० पुरुष गरी कूल ३३४ आरोहण अनुमति लिएका छन् ।
सगरमाथा हिमालमा मात्रै १३ समूहका ३० महिलासहित १४९ आरोहीले अनुमति पाएका छन् ।