राप्रपाको जुलुसमा प्रहरीले हान्यो अश्रु ग्यास र पानीको फोहोरा-Sutra News

राप्रपाको जुलुसमा प्रहरीले हान्यो अश्रु ग्यास र पानीको फोहोरा

मंगलबार, २७ चैत्र २०८०

मंगलबार, २७ चैत्र २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जुलुसले माइतीघरको निषेधित क्षेत्र तोडेको छ । काठमाडौंको विभिन्न स्थानबाट र्‍यालीसहित केन्द्रिकृत जुलुस अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा माइतीघर पुगेको थियो ।



सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रहरीले अश्रु ग्यासका साथै पानीको फोहोरा हानेको हो ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न आन्दोलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट