काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमै कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आसनबाट उभिए ।
सत्ता पक्ष र प्रतिपक्षी दलका सांसद उभिएसँगै सभामुख देवराज घिमिरेले कांग्रेस सचेतक सुशीला थिङलाई बोल्न समय दिए । उनले सडकमा सहकारी पीडित आन्दोलनरत रहेकोबारे आफ्नो कुरा राखे ।
सचतेक थिङले सूर्यदर्शनलगायत छ वटा सहकारीबाट एक अर्बभन्दा बढी रकम गोर्खा मिडिया कम्पनीमा गैरकानूनी रुपमा लगानी गर्ने तत्कालीन सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई दण्ड हुन्छ कि हुँदैन ? भनी सरकारसँग प्रश्न गरिन् ।
साथै, उनले उक्त सम्बन्धमा आजै बसेको कांग्रेस संसदीय दलले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्ने निर्णय गरेको जानकारी गराइन् ।
कांग्रेस सांसदहरु आसनबाट उभिइरहेपछि सभामुखले बैठक स्थगित भएको घोषणा गरिदिए ।