काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।
प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएका थिए । झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएका छन् ।