काठमाडौं । फिल्म ‘लण्डन टू पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ सार्वजनिक गरिएको छ । आउँदो बर्षको जेठ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै हुर्कलेस बस्नेतको शब्द, संगीत र स्वरमा समावेश गीत सार्वजनिक गरिएको हो ।
घनश्याम लामिछाने निर्देशित यो फिल्मको गीतको भिडियोमा डेव्यु अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । रोम कम ड्रामाको यात्रामय आधुनिक प्रेमकथा रहेको फिल्मको सार्वजनिक गीतमा उनीहरुको प्रेमभाव हेर्न सकिन्छ । लण्डनमा खिचिएको गीतका रमणीय दृश्यले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ ।
फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी, निश्चल खड्का, कविर खड्का र गरिमा शर्मामा अलवा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चलर गरिमाले यही फिल्मबाट डेब्यू गरेका हुन् । फिल्मले ट्राभल लभस्टोरीको कथा पेस फिल्ममा निश्चल, साम्राज्ञी, कविर र गरिमाका अलावा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ।
एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको आरोन बस्नेत, अरिना बस्नेत र परि रानाको लगानी रहेको छ । प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।
फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् ।
निर्देशक लामिछाने विं.सं. २०७५ सालमा राष्ट्रिय अवार्ड प्राप्त निर्देशक हुन् । उनले यस अघि सामाजिक विषयवस्तुमा ‘अग्नीदहन’, ‘धौली’ र ‘चित्रा’ फिल्मको पनि निर्देशन गरेका छन् । ‘लन्डन टु पेरिस’ रोम कम ड्रामाको यात्रामय आधुनिक प्रेमकथा रहेको बताएका छन् ।
फिल्मलाई नेपालभर वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले गर्नेछन् ।