काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पदबाट राजीनामा दिएर गृहमन्त्रीले छानबिनका लागि मार्ग प्रशस्त गर्नु पर्ने बताएका छन् ।
डा. कोइरालाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनको वातावरण बनाउनु पर्ने बताए ।
उनले आरोपित भएसम्म रवि लामिछाने पदमा बस्न नमिल्ने बताउँदै कांग्रेसले गरेको विरोध प्रतिपक्षीमा बस्नु परेको आक्रोश नभएको दाबी गरे ।
यस्तै, एमाले सचेतक महेश बर्तौलाले सभामुखसँगको छलफलमा पनि अवरोध गर्ने चेतावनी कांग्रेसले दिएकाले सूचना टाँस गरेर बैठक रोकिएको बताए । उनले सदनअगाडि बढाउन आग्रह गरे पनि कांग्रेसले अस्वीकार गरेको धारणा राखे ।