काठमाडौं । कर्णालीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
गठबन्धनमा रहेका एमाले-नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कूल २३ सांसदले हस्ताक्षरसहित कँडेल मुख्यमन्त्री बनेका हुन् ।
कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । कर्णालीमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।