काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने भएको छ ।
यस्तै, मौसमविद् गोविन्द झाका अनुसार आज काठमाडौंमा तुवाँलो लागेकाले नखुल्ने भएको छ । उनले भने, “आज काठमाडौंमा तुवाँलो लागेको छ, केही समय आकाश खुले पनि तुवाँलो पूर्ण रूपमा हट्ने सम्भवना छैन ।”
यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मौसमविद् झाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ ।