उपनिर्वाचनका लागि आजदेखि आचार संहिता लागू, यी काम गर्न नपाइने-Sutra News

उपनिर्वाचनका लागि आजदेखि आचार संहिता लागू, यी काम गर्न नपाइने

बुधबार, २८ चैत्र २०८०

बुधबार, २८ चैत्र २०८०

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा आजदेखि आचार संहिता लागू गरेको छ ।



निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभाको इलाम २ र बझाङको प्रदेशसभा (१) निर्वाचन क्षेत्रमा आचार संहिता लागू गराइएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आचार संहिता, २०७९ बमोजिम आचार संहिता लागू हुने निकाय, अधिकारी, राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षले उक्त आचार संहिताको पालना गर्नु पर्ने छ ।

आचार संहिताको दफा ४२ बमोजिम आचार संहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ ।

राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारी साधनको प्रयोग र सञ्चार माध्यमको प्रयोग तथा निर्वाचन खर्च गर्दा आचार संहिताको मापदण्डबमोजिम गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट