भरत ताल बनाएर चर्चामा रहेका मेयर थापाविरुद्ध अकुत सम्पत्तिको मुद्दा दायर-Sutra News

भरत ताल बनाएर चर्चामा रहेका मेयर थापाविरुद्ध अकुत सम्पत्तिको मुद्दा दायर

बुधबार, २८ चैत्र २०८०

बुधबार, २८ चैत्र २०८०

काठमाडौं । मानव निर्मित ठूलो भरत ताल बनाएर चर्चामा आएका सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध सत्तामा बसेर गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लागेको हो ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध पाँच करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ बिगो दाबी गर्दै बुधबार मुद्दा दायर गरेको हो । उनी विं.सं. २०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेका थिए । उनी ०७९ माघ २९ सम्म मेयर पदमा रहेका थिए ।

उक्त समयमा उनको कूल वैध आय सात करोड ८६ लाख ५० हजार २०१ रूपैयाँ देखिएको थियो । तर, १३ करोड २० लाख तीन हजार ३९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको अख्तियारको दाबी छ ।

स्थानीय तहमा नेकपा माओवादी केन्द्रबाट थापा मेयरमा विजयी भएका थिए । उनी अहिले दोस्रो कार्यकालका निर्वाचित भई मेयर पदमा छन् ।

उनकै जीवनीमा आधारित भई निर्देशक दीपेन्द्र के‍ खनालले फिल्म ‘मेयर’समेत बनाउँदै थिए । फागुन १० गतेदेखि सुरु भएको फिल्म ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछाने मेयरको भूमिकामा देखिँदै छन् ।

मेयर थापाले सुशासन र पर्यटन क्षेत्रमा गरेको कामबाट प्रशंसा भएको भन्दै फिल्म बनाउन लागेका हुन् । फिल्म बायोपिक नभएको निर्देशक खनालको दाबी छ । उनका अनुसार फिल्म केही राम्रो काम गरेर छाड्छु भन्ने संकल्प बोकेको एक मान्छेले कठिन परिस्थिति र विविध अवरोधका बीच कसरी समाजलाई राम्रो बाटोमा डोर्‍याउन सक्छ भन्ने कथामा बन्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट