काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा सत्तारुढ दल नेकपा एमालेकी विमला घिमिरे विजयी भएकी छन् ।
नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे निर्वाचित भएकी हुन् । घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै ल्याइन् ।
अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे । उक्त मत विभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी भएको थिए ।
एमालेका सांसद घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरुले मतदान गरेका थिए । यस्तै उक्त प्रस्तावमा हुन्न भन्नेमा १६ मत परेको थियो ।
घिमिरेलाई सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको साथ थियो । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बस्ने छ ।