प्रकाउ बारे राजेश पायल भन्छन्- ‘चार-चार वटा भ्यान ल्याउन जरुरि थियो ?’-Sutra News

प्रकाउ बारे राजेश पायल भन्छन्- ‘चार-चार वटा भ्यान ल्याउन जरुरि थियो ?’

बुधबार, २८ चैत्र २०८०

बुधबार, २८ चैत्र २०८०

काठमाडौं । नेपालका चर्चित तथा लोकप्रिय गायक राजेश पायल राई समय-समय विवादमा आइनै रहन्छन् ।



पछिल्लो केही समय अगाडी मात्र ब्याक किक्क घटनाबाट विवादित बनेका उनी हालसालै २ वटा विषयलाई लिएर निकै चर्चामा रहे । श्रीमतीसँग डिभोर्सको कुराले चर्चामा रहेका उनी श्रीमतीलाई ५ करोडको घर दिइएको कारण विभिन्न समाचारको हेडलाइन समेत बने ।

सोही दिन बिहान प्रहरीले पक्राउ गरेको कुराले त पुरै सामाजिक सञ्जालमा तहल्का नै मच्चिए थियो । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा उनी लगायत उनका तीन जना साथीहरूलाई पुलिसले पक्राउ गरेको थियो ।

बुधबार राति २ बजे पक्राउ गरेको कुरा भोलि पलट बिहीबार बिहान हुँदासम्म लाईमलाईटमा आई सकेका थिए । उसो त उनलाई बिहान २ बजे मदन भण्डारी कलेज नजिकबाट नियन्त्रणमा लिई आइन्दा यस्तो नगर्ने सर्तमा सचेत गराएर ९ बजे तिर रिहा गरिएको थियो । तर, पनि उनको वद्नामी कुनै ठूलो अपराध गरेसरह नै भयो ।

कहिले यो सानो कुरा भनेर टार्न खोजे पनि धेरै व्यक्तिहरूले उनलाई सेलिब्रिटी भएर यसो गर्ने हो भन्दै नानाथरि भने । तर, सामाजिक सञ्जालभरि उनलाई गाली गर्नेको ओइरो भए पनि उनले त्यस विषयमा भने केही स्पष्टीकरण दिइएका थिएनन् । तर, अहिले भने उनले यस विषयलाई लिएर आफ्नो मुख खोलेका छन् ।

उनले हिमालय टेलिभिजनको टक शो ‘अँध्यारोबाट उज्यालोतिर’मा कुरा गर्दै यस विषयमा बोलेका हुन् । पहिलो पटक यो विषयमा प्रतिक्रिया दिने क्रममा आफूलाई प्रहरीले पक्राउ गरेको कुरामा असन्तुष्टि जनाउँदै ‘यहाँ त शिव भगवानले भाङ धतुरो खान्छ, गाँजा साजा खान्छ । उहाँ अहिले जीवित भएको भए त वन्यजन्तु आरक्षको बाघको छाला काढेकोमा जेल हाल्छ । भगवानलाई पनि जेल हाल्न तयार छन् यी मान्छेहरू । म त मान्छे हो,’ उनले भने ।

साथै, यस क्रममा उनले राति पक्राउ गर्ने शैलीप्रति पनि आपत्ति जनाएका छन् । ‘चार-चार वटा भ्यान ल्याउनुपर्छ २ बजे हो भनेदेखि । ६ जना मान्छेलाई त एउटा भ्यानले पुगिहाल्छ नि, भन्दै प्रहरीमा आक्रोश पोखे । त्यति मात्र हैन आफूलाई पक्राउ गर्ने प्रहरीलाई आफूले जवाफ दिएको समेत राईले बताए ।

राईले अघि थपेका छन्, ‘मैले डिएसपी बुढाथोकी सरलाई पनि भने, ‘यो चीजले तपाईँहरूको फुली बढ्छ जस्तो, छाती चौडा भयो त ? तपाईँको शिर झुक्दैन ? न्युज लेखाउँदा पनि एकदम मत्थु मातेको थियो भन्दा मजा आयो राजेश पायल राईलाई ?’ भन्दै उनले उक्त घटनालाई लिएर भडास पोखे ।

यो पनि पढ्नुहोस्

गायक राजेश पायलले गरे ‘डिभोर्स’, दिए घर-घडेरी

मुद्दा दायर भएको आठ महिनापछि राजेश पायल र साङ्गवुङबीच सम्बन्ध विच्छेद

गायक राजेशपायल राई पक्राउ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट