सार्वजनिक कार्यक्रम भद्दा र पट्यार लाग्दा भइरहेका छन् । जसको बयान गरी साध्य छैन । २१औं शताब्दीको स्मार्ट जमानामा पनि सामन्तवाद झल्काउने कार्यक्रम भइरहेका छन् । सरकारी कार्यक्रम मात्र होइन, राजनीतिक पार्टी र व्यक्तिहरूले आयोजना गर्ने कार्यक्रम पनि उस्तै छन् । सामन्तवाद व्यक्ति र समाजको कण कणमा घुसेको छ । पश्चिमेली देशहरुले मात्र होइनन्; एशियाका कतिपय देशले समेत औपचारिक कार्यक्रमहरूलाई स्मार्ट बनाइसकेका छन् । केही मिनेट र केही घण्टामा उद्घाटन, सभा–सम्मेलनका जस्ता सार्वजनिक कार्यक्रम समापन गर्छन् । कुनै लम्बे भाषण र ठाँट देखाउँदैनन् ।
बौद्धिक विमर्श र मन्थन बाहेकका कार्यक्रमलाई थोरै समय दिनु पर्ने हो । खादा, माला, ब्याच, ब्यानरको अनावश्यक प्रयोग रोक्नु पर्ने हो । हुँदा–हुँदा ठूलो माला र धैरै केजीको बनाई प्रमुख अतिथि र अतिथिलाई लगाई दिने होड चलेको छ । त्यति मात्र होइन, सार्वजनिक कार्यक्रममा सबैलाई अतिथि बन्नु पर्ने बनाइएको छ । मिलेसम्म सबैले घन्टौं भाषण ठोक्नु पर्ने, दर्शक/श्रोतालाई मन नपरे सुनिदिनु पर्ने, भए भरका अतिथिलाई पदसहितको भद्दा सम्बोधन गरेर चाकडी गर्नु पर्ने, यो सामन्ती संस्कार र परम्परा सुधार कहिले होला ?
सार्वजनिक कार्यक्रममा सबैलाई अतिथि बन्नु पर्ने बनाइएको छ । मिलेसम्म सबैले घन्टौं भाषण ठोक्नु पर्ने, दर्शक/श्रोतालाई मन नपरे सुनिदिनु पर्ने, भए भरका अतिथिलाई पदसहितको भद्दा सम्बोधन गरेर चाकडी गर्नु पर्ने, यो सामन्ती संस्कार र परम्परा सुधार कहिले होला ?
पुराना दलमा यो रोग जरैदेखि थियो । तर विडम्बना, नयाँ भनिएका दलमा पनि यो रोग सरेको छ । अतिथिलाई क्यामेराले देख्छ कि देख्दैन र आफ्नो प्रचार प्रसार हुन्छ कि हुँदैन भन्ने चिन्ता हुन्छ । भीड देखाउने प्रतिस्पर्धा नै चलेको छ । भीडमा हात हल्लाउँदै हिँड्नुलाई बहादुरी ठानिन थालिएको छ । योजना र कार्यक्रम बनाउने, प्रभावकारी कार्यान्वयन गर्ने महत्वपूर्ण समयलाई सार्वजनिक अधिकारीहरूले दुरुपयोग गरिरहेका छन् । समयको महत्व बुझेनन् । प्रधानमन्त्री र मन्त्री अनावश्यक कार्यक्रममा समेत पुगेर समयको नास गरिरहेका छन् । भाषण ठोकेर दिन बिताउँछन् ।
२१औं शताब्दीको विश्व समाजसँग यस्तो व्यवहार र गतिविधि पटक्कै मेल खाँदैन । कार्यक्रमको अवधिभर प्रमुख अतिथि, विशेष अतिथि, अतिथि भन्दै नाम र पद दोहोर्याई रहनुपर्ने ! प्रमुख अतिथिको बखान गर्नुपर्ने ! उनीहरूको इतिहास सुनाउनु पर्ने ! अतिथि बन्न र ड्यासमा बस्न मरिहत्ते गर्ने, बस्न नपाए कार्यक्रम नै बहिस्कार गर्ने, खादाको चाङ, मालाको चाङ, सिन्दुर, अबिर, केसरीले अतिथिको अनुहार नै छोपिने गरि लगाउनु पर्ने ! लगाउन पाउँदा दुबै खुसीले दङ्ग हुने ! अतिथिका पट्यार लाग्दा भाषण जसमा कुनै नयाँ पन नहुने ! एउटै रटाई सुनिरहनु पर्ने ! घन्टौको भाषणबाट नयाँ कुरा पहिचान गर्न नै मुस्किल हुने ! अरुलाई गाली र चाकडीमा सबै समय बेतित गर्ने ! योजना र रणनीति शून्य हुने ! कार्यक्रमका अतिथिहरुले आफू एक मात्र विज्ञ हो जस्तो गरेर भाषण ठोक्ने ! दर्शक र श्रोताले सुनिदिनु पर्ने, ताली बजाई दिनुपर्ने ! सुध्रिएला यो संस्कार र प्रणाली ? तर, सुधारिनु जरुरी छ ।
राणा शासन अन्त भएको ७१ वर्ष र राजा फालिएको १५ वर्ष पूरा हुँदा पनि बिगतको सामन्ती र भद्दा कार्यक्रमलाई सुधार गर्नुको सट्टा अझ भद्दा र अझ सामन्ती प्रणाली विकास हुँदै छ । यो समाज विकासलाई चुनौती हो ।
यस्ता प्रवृत्ति राणा शासन र राजाको शासनमा ठिकै थिए । राणा शासन अन्त भएको ७१ वर्ष र राजा फालिएको १५ वर्ष पूरा हुँदा पनि बिगतको सामन्ती र भद्दा कार्यक्रमलाई सुधार गर्नुको सट्टा अझ भद्दा र अझ सामन्ती प्रणाली विकास हुँदै छ । यो समाज विकासलाई चुनौती हो । यसले गिज्याइरहेको छ । माओवादी, एमाले वा कांग्रेसलाई यस किसिमको भद्दा कार्यक्रम गर्न नसुहाउनु पर्ने आफूलाई समाज परिवर्तनको बाहक ठान्छन्; तर विडम्बना उनीहरू सुधारिएनन् । यो समयको बर्बाद हो । अग्रगमनको विरुद्ध हो । स्रोत र समयको दूरुपयोग हो । समयको बचत गर्ने गरि नयाँपन दिनु जरुरी छ । एक्काईसौँ शताब्दी अनुकुलका स्मार्ट कार्यक्रम गरि परिवर्तनको झल्को दिनुपर्छ । समयले त्यही खोजेको छ ।
लेखकका अन्य लेखहरू
शेयर बजारमा किन डुबिरहन्छन् साना लगानीकर्ता ?
तीन महिनाभित्रै पनिकाले परीक्षाको नतिजा दिन सक्छ ?