नागरिकको सुरक्षामा सम्झौता नहुने गृहमन्त्रीको दाबी-Sutra News

नागरिकको सुरक्षामा सम्झौता नहुने गृहमन्त्रीको दाबी

शनिबार, १ बैशाख २०८१

शनिबार, १ बैशाख २०८१

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै कसर नराख्ने बताएका छन् । नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा उनले यस्तो बताएका हुन् ।



गृहमन्त्री लामिछानेले जनताका सबै किसिमका गुनासा यथोचित ढंगबाट समाधान हुने प्रतिबद्धता जनाए । उनले कर्मचारीमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना काम गर्ने वातावरण बनाइने बताए ।

उनले काठमाडौं सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट