काठमाडौं । श्रीमतीलाई बलात्कार गरेको आरोपमा निलम्बित न्यायाधीश भुवन गिरी डिल्ली बजार कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्ली बजार पठाउन आदेश दिएको हो ।
विं.सं. २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश दिएका थिए । सोही आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् ।
उनीविरुद्ध पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । उनी ०७९ चैत २८ मा पक्राउ परेका थिए ।
कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बन भएका हुन् ।