![Kathmandu_Mahanagar](https://www.sutranews.com/wp-content/uploads/2024/04/Kathmandu_Mahanagar.jpg)
![काठमाडाैं महानगरले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै](https://www.sutranews.com/wp-content/uploads/2024/04/Kathmandu_Mahanagar.jpg)
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण सुरू गरेकाे छ । महानगरले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो ।
महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ ।
कार्यक्रमको सुरूवात राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच गर्दै भएको थियो । महानगरले जनाएअनुसार आजदेखि वडास्तरीय परीक्षण शिविर सुरु हुनेछ ।
जनाइएअनुसार वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नं ३, महाराजगञ्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते, वडा नं २०, भीमसेनस्थानमा १६ गते, वडा नं २१, यंगालमा १७ गते, वडा नं २३, ओमबहालमा १८ गते र वडा नं १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ ।
यस्तै, रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नं २, लाजिम्पाटमा २४ गते, वडा नं २४, मखनमा २५ गते, वडा नं २२, टेबहालमा २६ गते, वडा नं १८, नरदेवीमा २७ गते, वडा नं १९, कङ्केश्वरीमा २८ गते, वडा नं ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते शिविर हुनेछ ।
थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पतालमा निःशुल्क परीक्षण हुने जनाइएकाे छ ।