काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटअगाडि रुसी सेनामा भर्ती भएका नेपाली युवाका परिवारले प्रदर्शन गरेका छन् ।
बिहीबार बिहान उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका गरेका हुन् । युद्धमा घाइते भएकाहरूको उपचार र मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने, युद्ध ग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनु पर्ने उनीहरुको माग छ ।
उनीहरूले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले केहीलाई पक्राउ गरेको थियो । बन्दी बनाइएकालाई रिहाईका लागि पहल गर्न र रुसी सेनामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन माग गर्दै उनीहरूले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।