काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की समानुपातिक सांसद हसिना खानले सपथ लिएकी छन् ।
शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सांसद खानलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
सपथपछि सभामुख घिमिरेले सांसद खानलाई सांसदको लोगो लगाइदिएका थिए । सपथपछि सांसद खानले आफ्नो कामको बारेमा अध्ययन गर्ने बताइन् । महिला अधिकारका साथै जिम्मेवारीअनुसार काम गर्ने उनको भनाइ थियो ।
समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी खानको नाम सिफारिस गरेको थियो ।