काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रही देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । मधेस र कोशी प्रदेशको तराई भागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।