एमालेमाथि देउवाको आक्रोश- सत्तामा गएर मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको ?-Sutra News

एमालेमाथि देउवाको आक्रोश- सत्तामा गएर मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको ?

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१
सभापति देउवा काठमाडौँ, १० वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा सोमबार ललितपुरको गोदावरीमा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा मन्तव्य राख्दै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौं । नेकपा एमालेको बैठकमा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा आक्रोशित बनेका छन् ।



एमालेको स्थापना ७५ वर्ष पूरा भएको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा पुगेका सभापति देउवाले मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको ? भनेर प्रश्न गर्दै आक्रोशित बनेका हुन् ।

सभापति देउवा एमालेमाथि आक्रोशित हुँदा स्वर्गीय मदन भण्डारी पत्नी तथा पूर्वराष्ट्रपति विद्या भण्डारी, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरू उपस्थित थिए ।

कांग्रेसलाई गाली गरेर केही नहुने भन्दै देउवाले हत्यारा पत्ता लाग्न नसक्नुको कारण खोज्न एमालेलाई सुझाव दिए । देउवाले भण्डारी दुई कार्यकाल राष्ट्रपति भएको र एमालेका नेताहरू पटक–पटक प्रधानमन्त्री भएको उल्लेख गरेका थिए ।

विं.सं. २०५० सालमा दासढुंगामा भएको घटनालाई एमालेले दुर्घटना नभएर हत्या भन्दै आएको छ । घटनापछि एमाले तत्कालिन कांग्रेस सरकारविरुद्ध आन्दोलित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट