काठमाडौं । सशस्त्र प्रहरीका इन्स्पेक्टर प्रकाशबहादुर चन्दविरुद्ध मुद्दा दायर भएको छ । उनले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्दै मुद्दा दायर भएको हो ।
पछिल्लो समय ३६ नम्बर गण डोटीमा कार्यरत चन्दले उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषदबाट हाइस्कुल उत्तीर्ण गरेको नक्कली प्रमाण पत्र पेस गरेको छानबिनमा पुष्टि भएको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी सशस्त्र प्रहरी परिचरमा भर्ना भई इन्स्पेक्टर पदसम्म बढुवा भएको जनाएको छ ।