काठमाडौं । बझाङ प्रदेशसभा (१)मा भएको उपनिर्वाचनको मत गणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचार संहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने उनको भनाइ थियो ।
शनिबार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।