काठमाडौं । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेष्ट इण्डिज ‘ए’विरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।
नेपालका लागि कुशल भुर्तेलले वेष्ट इण्डिज एका कप्तान रोस्टन चेशको विकेट लिएका हुन् । उनले २२ बलमा एक छक्का र दुई चौकाको मद्दतमा २३ रन बनाएका थिए ।
यसअघि तेस्रो ओभरमा बलिङ गर्न गएका सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए । उनले दुवै ओपनरलाई पेभिलियन फर्काएका हुन् ।
यसअघि शनिबार खेलिएको पहिलो टी २० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो । पहिलो खेलमा नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट शतकीय पाली खेलेका थिए ।