सरकारको प्रतिनिधि भइ जनताको घर दैलोमा सेवा दिने व्यक्तिहरू कर्मचारी हुन् । जो निश्चित प्रक्रियाका आधारमा सेवा प्रवेश गरेका हुन्छन् । सरकारी कोषबाट तलब भत्ता खान्छन् । सेवकको रूपमा जनताको काम गर्छन् भन्ने पवित्र मान्यताबाट स्थापित छ । तर, विडम्बना कर्मचारीतन्त्र कहिल्यै सेवक भएन । सामन्तवादको प्रतीक बन्यो । राम्रा कर्मचारी नभएका होइनन्, छन् । तिनीहरूलाई नराम्राहरूले छायामा पारेका छन् । त्यसो हुनाले समग्र कर्मचारीतन्त्र प्रति जनताको सधैँ गुनासो छ ।
आज नापी, मालपोत, यातायात जस्ता कार्यालयमा सेवा लिन जाँदा दिक्क लाग्छ । नेपालको कर्मचारीतन्त्रलाई धिक्कार्न मन लाग्छ । देशमा बसेकोमा पश्चताप हुन्छ । यो जुम्से छ, भद्दा छ, अल्छी छ, काममा भन्दा प्रक्रियामा विश्वास गर्छ । काम पन्छाउने र टार्ने गर्छ, अतिरिक्त लाभको आशा गर्छ, सुविधा भोगी छ, कार्यालय जान ढिला र फर्कन हतार गर्छ, काम नगर्न अनेक बहाना गर्छ, आम कर्मचारीका साझा विशेषता बनेका छन् ।
आज नापी, मालपोत, यातायात जस्ता कार्यालयमा सेवा लिन जाँदा दिक्क लाग्छ । नेपालको कर्मचारीतन्त्रलाई धिक्कार्न मन लाग्छ । देशमा बसेकोमा पश्चताप हुन्छ ।
समाज परिवर्तनको मूल पक्ष राजनीति हो । यसले समाजलाई सही गति प्रदान गर्न सकेन । राजनीतिसँगै कर्मचारीतन्त्र पनि लर्बरियो । यो सबल भएको भए आशा जाग्थ्यो । तर, भएन । झन् खराब बन्यो । कर्मचारीतन्त्रले राज्यको चरित्र प्रतिबिम्बित गर्छ । यो राज्यको ऐना हो । तर बिडम्बना, नेपालको कर्मचारीतन्त्रले कहिले पनि सेवक ठानेन । शासक ठान्यो । यो जडसूत्रवादी कर्मचारीतन्त्र सुधार गरेर हुँदैन । यसको आमुल परिवर्तन जरूरी छ ।
दुनियाँमा फरक–फरक मोडलका कर्मचारीतन्त्र छन् । युरोप र अमेरिकाले कर्मचारीतन्त्रको पुनर्संरचना गर्न व्यापक बहस शुरू गरेका छन् । नेपालमा पनि यो कर्मचारीतन्त्र पुरानो भयो । पुरानोको काम गर्ने तरिका पनि झन् पुरानो भयो । ‘सरकारको काम, कहिले जाला घाम’ भन्ने कर्मचारीतन्त्र सुधार गर्नैपर्छ । पुरातन शैलीमा काम गर्ने कर्मचारीतन्त्रलाई २१औं शताब्दी सापेक्ष नवीन शैलीको आधुनिक कर्मचारी प्रशासन बनाउनु पर्छ । अनलाइन वा कम्प्युटर प्रविधिमा पोख्त, कार्य समयमा लचक, सुशासनका मूल मन्त्रलाई अनुसरण गर्ने चाहिन्छ । राज्यको करबाट तलब भत्ता खानेले बिना आग्रह पूर्वाग्रह जनताको काम गर्नुपर्छ । निमुखालाई विशेष प्राथमिकता दिई आशा जगाउनु पर्छ । सरकार र राजनीतिक पार्टीका खराब पक्ष अनुसरण गर्नुपर्छ भन्ने छैन, गर्नु हुँदैन । स्थायी सरकार सुध्रिएर देखाउनु पर्छ ।
कर्मचारीतन्त्रको पुनर्संरचनाका अनेक मोडल छन् । यो नै उपयुक्त भन्ने हुँदैन । तर, अति संरक्षण भएको कर्मचारीतन्त्रलाई जमानाअनुसारको स्मार्ट, प्रविधिमैत्री, समतलीय संरचनाको बनाउनु पर्छ । अति सेवा संरक्षणको सट्टा सेवा करार वा प्रतिघन्टाका आधारमा ज्याला भुक्तानी गर्नुपर्छ । पुरातन कर्मचारीतन्त्रलाई बिदा गरी सबै तह र तप्कामा प्रविधिमा आधारित नवीन सोचको कर्मचारी नियुक्ति दिनुपर्छ । यसले उत्पादकत्व बढाउँछ । चाहिएको उत्पादकत्व हो, प्रभावकारी सेवा हो । धेरै देशमा यस खालको प्रशासन शुरु भएको छ । नेपालले पनि यो खालको कर्मचारीतन्त्र सुरुवात गर्नुपर्छ । जसमा श्रम शोषण नहुने ग्यारेन्टी भने राज्यले गर्नुपर्छ । प्रभावकारी सेवा प्राप्ति जनताको अधिकार हो । त्यसमा सम्झौता गर्नु हुन्न ।
कर्मचारीतन्त्रको पुनर्संरचनाका अनेक मोडल छन् । यो नै उपयुक्त भन्ने हुँदैन । तर, अति संरक्षण भएको कर्मचारीतन्त्रलाई जमानाअनुसारको स्मार्ट, प्रविधिमैत्री, समतलीय संरचनाको बनाउनु पर्छ । अति सेवा संरक्षणको सट्टा सेवा करार वा प्रतिघन्टाका आधारमा ज्याला भुक्तानी गर्नुपर्छ ।
सेना, प्रहरी र केही उच्च नीति निर्माता बाहेक अरूमा स्थायी सेवा आवश्यक छैन । स्मार्ट/छिटोछरितो सेवा दिन नसक्ने लोसेहरूको सेवा नथप्ने व्यवस्था गर्नुपर्छ । यसो गर्नासाथ कर्मचारीतन्त्र सुध्रिन्छ । कामचोर प्रवृत्ति अन्त गर्छ । भ्रष्टाचार शून्यमा झर्छ । गलत नियतले काम गर्नेहरूलाई सेवाबाट तत्काल बिदा गर्ने नीति लिनुपर्छ । जनतालाई चाहिएको सेवा हो । सेवा दिने कर्मचारी स्थायी होस् वा अस्थायी होस् जनतालाई कुनै सरोकार छैन । यो खालको कर्मचारीतन्त्र आजको आवश्यकता हो ।
यसो गरिएमा सेवा छिटो छरितो हुन्छ । निमुखाहरूले राहत पाउँछन् । जनताले सुशासनको अनुभुति गर्छन् । प्रविधिमा आधारित भइ काम गर्दा बेइमानी र भ्रष्टाचार कम हुन्छन् । काममा हुने ढिला सुस्ती रोकिन्छन् । कर्मचारीको सेवालाई अझ प्रभावकारी बनाउन ई– हाजिरी, कार्यकक्षहरू सिसि क्यामेराको निगरानीमा हुनुपर्छ । व्यक्तिगत प्यान नम्बर बाहेकबाट भुक्तानी दिन रोक्नुपर्छ । बल्ल यो पारदर्शी र जवाफदेही हुन्छ । कुनै न कुनै रूपमा ट्रेड युनियनको दादागिरी रोकिनु गर्छ । ट्रेड युनियनको पछाडि लागेर जागिर पकाउने र बचाउनेलाई गार्हो पार्नु पर्छ । अति संरक्षणको कर्मचारीतन्त्र बदल्नु पर्छ ।
निजी कर्मचारीतन्त्रको उत्पादकत्व किन बढी भयो ? के शैक्षिक योग्यता बढी भएर हो ? तालिम प्राप्त भएर हो ? ज्याला बढी भएर हो ? यी कुनै पनि कारण होइन । यसको कारण खोजौं, तुलना गरौँ ।
निजी कर्मचारीतन्त्रको उत्पादकत्व किन बढी भयो ? के शैक्षिक योग्यता बढी भएर हो ? तालिम प्राप्त भएर हो ? ज्याला बढी भएर हो ? यी कुनै पनि कारण होइन । यसको कारण खोजौं, तुलना गरौँ । त्यसैले वर्तमान कर्मचारीतन्त्रको व्यापक पुनर्संरचना जरूरी छ । बलियो राज्य संरचना, बलियो सरकार र सुध्रिएको राजनीति बिना यो परिकल्पना बेकार छ । अन्तमा, टाल्टुले सुधारले यो सुध्रिनेवाला छैन । भुक्तानी प्रक्रिया, निगरानी प्रणाली, स्थायित्व, संरचनागत प्रणाली आदिमा व्यापक परिवर्तन जरूरी छ । सेवा स्थायित्वको वर्तमान प्रणालीमा पुनर्विचार गर्नुपर्छ । बल्ल यो सुध्रिन्छ ।
लेखकका अन्य लेखहरू
बिर्सन नसकिने ‘वैशाख १२’को भूकम्प, अझै पनि जोखिम र त्रास उस्तै !
शेयर बजारमा किन डुबिरहन्छन् साना लगानीकर्ता ?
तीन महिनाभित्रै पनिकाले परीक्षाको नतिजा दिन सक्छ ?