मुलुकको आर्थिक शिथिलता सुधार भएको अर्थमन्त्रीको दाबी-Sutra News

मुलुकको आर्थिक शिथिलता सुधार भएको अर्थमन्त्रीको दाबी

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गए पनि ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।



बुधबार काठमाडौंमा आयोजित दिगो आर्थिक विकासका लािग वित्त नीति विषयक कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको आर्थिक शिथिलता सुधार हुँदै गए पनि ढुक्क हुने अवस्था नरहेको बताएका हुन् ।

उनले विभिन्न तथ्याङ्कहरूको आधारमा गत वर्षभन्दा सुधार देखिएको दाबी गरे । आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस वर्ष साढे चार प्रतिशतभन्दा माथि आर्थिक वृद्धि हुने मन्त्रालयको अनुमान रहेको उनको भनाइ थियो ।

मन्त्री पुनले जलविद्युत लगायतका क्षेत्रमा राम्रो देखिए पनि निर्माण क्षेत्रमा समस्या देखिएको धारणा राखे । उनले किसानलाई प्रोत्साहन गर्ने गरी आगामी कार्यक्रम ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट