रास्वपाकाे सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा-Sutra News

रास्वपाकाे सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

शुक्रबार, २१ बैशाख २०८१

शुक्रबार, २१ बैशाख २०८१

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालयम चःमतिमा अपराह्न साढे चार बजे बस्ने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।



उनका अनुसार सचिवालय बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षासहित समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।

इलाम–२ काे उपनिर्वाचनमा रास्वपा उम्मदेवारकाे जमानत जफत भएकाे थियाे । जुन विषयले रास्वपाभित्र विवादकाे अवस्था देखिएकाे छ । जसबारे समीक्षा हुने बुर्लाकाेटीले जानकारी दिए ।

साथै, राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख २८ गते बजेट अधिवेशन आह्वान गरेका छन् । यसअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाे सहकारी प्रकरणलाई लिएर कांग्रेसले निरन्तर अवराेध गर्दा संसद अधिवेशन अन्त्य गरिएकाे थियाे । आगामी संसद अधिवेशनमा पनि कांग्रेसले यही मागलाई अगाडि राख्ने तयारी गरेकाे छ । जसबारे पनि सचिवालय बैठकमा छलफल हुने बुझिएकाे छ।

रास्वपाले वैशाख २९ देखि केन्द्रीय समितिकाे बैठक बाेलाएकाे छ । केन्द्रीय समिति बैठकमा के–कस्ता एजेन्डा लैजाने भन्ने विषय सचिवालय बैठकले तय गर्ने बुर्लाकाेटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट